Kathmandu Press

मेसी प्रेरित अर्जेन्टिनालाई क्वार्टरफाइनलमा

लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा भएको खेलमा अग्रता बनाएको थियो ।
मेसी प्रेरित अर्जेन्टिनालाई क्वार्टरफाइनलमा

काठमाडौं, मंसिर १८ : अर्जेन्टिना कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। लियोनल मेसी प्रेरित अर्जेन्टिना अस्ट्रेलियालाई २-१ हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

अहमद बिन अली स्टेडियममा भएको खेलमा खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे। करिअरको एक हजारौं खेल खेलिरहेका मेसीले ३५औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। यो गोलसँगै मेसीले करिअलमा दुई सफलता हात पारे। पाँचौं विश्वकप खेलिरहेका मेसीको यो नकआउटमा पहिलो गोल हो।

यस्तै, यो गोलसँगै विश्वकपमा कुल ९ गोल गरेका गरेका मेसीले लिजेन्ड डिएगो म्याराडोनाको कीर्निमानी तोडे। म्याराडोनाले विश्वकपमा ८ गोल गरेका थिए। अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानबाट मेसी २ गोल मात्र टाढा छन्। उनी भन्दअघि १० गोल गरेको ग्याब्रिअल बाटिस्टुटा छन्।

पहिलो हाफमा १ गोलको अग्रता लिएको अर्जेन्टिनालाई ५७औं मिनेटमा अल्भारेजले २-०को अग्रता दिलाए। उनले अस्ट्रेलियन गोलकिपरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

७७औं मिनेटमा इन्जो फर्नान्डेसले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाले खेलमा फर्कने प्रयास गरेको थियो। उसले त्यसपछि अर्जेन्टिनामाथि दबाब बनाउँदै आक्रमण बुनेको थियो । तर, गोल हुन नसक्दा अर्जेन्टिना क्वार्टरफाइनल पुग्यो।

अब उसले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सको सामाना गर्नेछ। नेदरल्यान्ड्स अमेरिकालाई हराउँदै क्वार्टरफाइनल पुगेको हो।

प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्