Kathmandu Press

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

शनिबार राति भएको खेलमा अमेरिकामाथि ३-१को सहज जित निकाल्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको हो।
नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडाैं, मंसिर १७ : नेदरल्यान्ड्स कतार विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा अमेरिकामाथि ३-१को सहज जित निकाल्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको हो।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे, डेली ब्लिन्ड र डेन्जल डेम्फ्रिसले गोल गरे । खेलमा दुवैमा हाफमा समान २ गोल भयो।

१०औं मिनेटमा डेम्फ्रिसको पासमा डिपेले गोल गर्दै डच टिमलाई अग्रता दिलाए। पहिलो हाफ सकिनै लाग्दा डेम्फ्रिसकै पासमा ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डेम्फ्रिसले गोल गरेपछि नेदरल्यान्ड्सको क्वार्टरफाइनल पक्का भयो।

खेलमा बल पोजेसनमा भने अमेरिकाले पडक बनाएको थियो। उसले ५९ प्रतिशत बल पोजेसन बनाउँदै १७ सट प्रहार गरेकोमा ८ सट फ्रेममा थियो । यता, नेदरल्यान्ड्सले ११ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो।

अब नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेतासँग खेल्ने छ।

प्रकाशित मिति: २३:५७ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्