दुई करोड ५० लाख धरौटीमा छुटे गोपाल खड्का
काठमाडौं, माघ २९ : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन् ।
अख्तियार दुरु....
काठमाडौं, माघ २९ : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा विरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतले धरौटीमा रिहा गरेको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटीको आदेश गरेको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकले २ करोड ५० लाख रुपैया ग्यारेन्टी जमानी बसेपछि शर्मा आजै तारेखमा छुटेका छन् । अख्तियारले १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ती देखाउदै शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषले अदालतको म्याद गुज्रन ५ दिन मात्रै बाँकी रहदा शर्मा आज विशेष अदालतमा उपस्थित भएका हुन् ।






