संसदको पहिलो बैठकमा एमसिसीविरुद्ध आवाज उठाउँछु : ज्ञानेन्द्र शाही
शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसी लगाएतका काण्डहरुबिरुद्ध संसदको पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन्।
काठमाडाैं, मंसिर १७ : राप्रपाका प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसिसीविरुद्ध आवाज उठाउने बताएका छन्।
शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसी लगाएतका काण्डहरुबिरुद्ध संसदको पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन्।
उनले अहिलको मुख्य काम नै भ्रष्टचारबिरुद्ध लड्ने भएको जिकिर गरे। वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने उनको भनाइ छ। उनले अहिले पनि युवाहरु रोजगारीका निम्ती बिदेशीन बाध्य भएको भन्दै रोजगारी सिर्जना गर्न लडाइ गर्ने र आवश्यक कानून बनाउने बताए।
उनले केही कानुनलाई संशोधन गरेर ठूला अपराधीहरुलाई जेल हाल्ने चेतावनी दिए।
प्रकाशित मिति: १७:१२ बजे, शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार