बाजुरामा कांग्रेसका पाण्डे १६५८ मतले अगाडि
त्यहाँ नेपाली कांग्रेसका बद्री पाण्डेले १ हजार ६५८ मतान्तरसहित अग्रता कायम राखेका छन्।
काठमाडौं, मंसिर १७ : बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।
त्यहाँ नेपाली कांग्रेसका बद्री पाण्डेले १ हजार ६५८ मतान्तरसहित अग्रता कायम राखेका छन्।
मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँ ६० हजार १५२ मत खसेको थियो। जसमध्ये २६ हजार ९४२ मत गणना भइसकेको छ।
पाण्डेले १४ हजार २१५ मत बटुलिसकेका छन् भने उनलाई पछ्याइरहेका एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत ल्याएका छन्।
प्रकाशित मिति: १५:५६ बजे, शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











