Kathmandu Press

विश्वकपकाे अन्तिम १६मा कसको प्रतिद्वन्द्वी को ?

अन्तिम १६मा सर्वाधिक ८ टिम पुग्दा एसियाबाट ३, अफ्रिका र दक्षिण अमेरिकाबाट समान २ र कोनकाफ्काबाट १ टिमले स्थान बनाए।
विश्वकपकाे अन्तिम १६मा कसको प्रतिद्वन्द्वी को ?

काठमाडाैं, मंसिर १७ : कतारमा जारी २२औं संस्करणको विश्वकपको समूह चरणका खेल सकिएका छन्। शुक्रबार राति भएका समूह एचका अन्तिम खेलसँगै समूह चरण सकिएको हो।

समूह एचबाट ब्राजिल र स्वीट्जरल्यान्ड नकआउट पुगेसँगै प्रतियोगिताको अन्तिम १६को समीकरण पनि पुरा भएको छ। अन्तिम १६मा सर्वाधिक ८ टिम पुग्दा एसियाबाट ३, अफ्रिका र दक्षिण अमेरिकाबाट समान २ र कोनकाफ्काबाट १ टिमले स्थान बनाए।

asian team1670038239.jpg

समूह एबाट नेदरल्यान्ड्स विजेताका रुपमा नकआउट पुग्दा सनेगेल उपविजेताका रुपमा नकआउट पुग्यो । यस्तै, समूह बीबाट इंग्ल्यान्ड विजेता र उपविजेताका अमेरिकाले अन्तिम १६मा स्थान बनाउँदा समूह सीबाट अर्जेन्टिना र पोल्यान्ड अगाडि बढेका छन्।

यस्तै, समूह डीबाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेताका रुपमा नकआउट पुग्दा समूह ईबाट जापान विजेता र स्पेनले अन्तिम १६मा स्थान बनाए । मोरक्को र क्रोएसियाले एफबाट अन्तिम १६मा स्थान बनाउँदा जीमा पोर्चुगल विजेता बन्दा दक्षिण कोरिया उपविजेता बन्यो । यस्तै, एचका ब्राजिलल विजेताका रुपमा र स्वीट्जरल्यान्ड उपविजेताका रुपमा नकआउट पुगे।

कुन टिम कोसँग भिड्दै ?

कतार विश्वकपको नकआउट चरणका खेल आजैबाट सुरु हुँदै छ। आज दुई खेल हुँदै छ। आज हुने पहिलो खेलमा समूह एको विजेता नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामाना गर्ने छ। यस्तै, अर्को खेलमा समूह सीको विजेता अर्जेन्टिनाले समूह डीको उपविजेता अस्ट्रेलियासँग खेल्दै छ।

WhatsApp Image 2022-12-03 at 61670038108.jpg

यस्तै, आइतबार हुने दुई खेलमा समूह डीको विजेता फ्रान्सले समूह सीको विजेता पोल्यान्डको सामाना गर्दा अर्को खेलमा समूह बीको विजेता इंग्ल्यान्डले समूह एको उपविजेता सेनेगलको सामाना गर्नै छ।

समूह समूह ईको विजेता जापानले समूह एफको उपविजेता क्रोएसियासँग सोमबार खेल्दा सोही समूह एचको विजेता ब्राजिल र समूह जीको उपविजेता दक्षिण कोरिया पनि भिड्ने छन्। यस्तै, मंगलबार हुने दुइृ खेलमा एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन तथा समूह जीको विजेता पोर्चुगल र समूह एचको उपविजेता स्वीट्जरल्यानड भिड्ने छन्।

प्रकाशित मिति: ०९:०५ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्