Kathmandu Press

सर्बिमाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड नकआउटमा

शुक्रबार राति भएको रोमाञ्चक खेलमा सर्बियामाथि ३–२को जित निकाल्दै स्वीट्जरल्यान्ड अन्तिम टोलीका रुपमा नकआउट पुगेको हो।
सर्बिमाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड नकआउटमा

काठमाडाैं, मंसिर १७ : स्वीट्जरल्यान्ड कतारमा जारी विश्वकपमा नकआउट चरण पुग्ने अन्तिम टिम बनेको छ। शुक्रबार राति भएको रोमाञ्चक खेलमा सर्बियामाथि ३–२को जित निकाल्दै स्वीट्जरल्यान्ड अन्तिम टोलीका रुपमा नकआउट पुगेको हो।

यो जितसँगै समूहका ६ अंक जोडेको ऊ गोलअन्तरमा ब्राजिलभन्दा पछि रहँदै उपविजेताका रुपमा नकआउट पुगेको हो। अब उसले अन्तिम १६मा समूह जीको विजेता पोर्चुगलको सामाना गर्ने छ।

स्वीट्जरल्यान्डलाई जित दिलाउन जद्राना सकिरी, ब्रिल इम्बोलो र रोमो फ्रेउलरले गोल गरे। यता, सर्बियाका एलेक्जेडर मेट्रोभिच र डुसान भ्लाहोभिचिले गोल गरे।

खेलमा २०औं मिनेटमा सकिरीको गोलमा स्वीट्जरल्यान्डले अग्रता लियो। उसको अग्रता धेरैवेर टिकेन। २६औं मिनेटमा मेट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३५औं मिनेटमा भ्लाहोभिचले गोल गर्दै सर्बियालाई अग्रता लिए। तर, ४४औं मिनेटमा इम्बोलोले स्वीट्जरल्यान्डका लागि बराबरी गोल गरे।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा फ्रुलरले गोल गर्दै खेलमा स्वीट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा स्वीट्जरल्यान्ड विजयी भयो।

प्रकाशित मिति: ०८:३४ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्