यु-१९ राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशकाे पहिलो जित
पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौं, मंसिर १६ : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ।
पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
मधेशको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए। गण्डकीका लागि शिसिर भुषाल,निर्तिस गिरी,करन पंगेनी र अर्जुन कुमालले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो। गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले। सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे।
मधेशका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अविजित मण्डलले समान २/२ तथा निकेश गुप्ताले १ विकेट लिए। ६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ। मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ।
त्यस्तै प्रतियोगितामा सुदुरपश्चिम प्रदेश अपराजित रहदै फाइनल पुगेको छ। समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको हो।
मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो। बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो। त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनाएको हो।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन्।











