Kathmandu Press

ट्रम्प महाभियोगः युक्रेनलाई दिने सहयोग रोक्न निर्देशन दिइएको खुलासा

एजेन्सी, पुस ७ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनल....

ट्रम्प महाभियोगः युक्रेनलाई दिने सहयोग रोक्न निर्देशन दिइएको खुलासा

एजेन्सी, पुस ७ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनलाई दिने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ ।

टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए । डोमोक्र्याटहरू भन्छन्, ‘राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाउँछ।’

Hardik ivf

त्यो महत्त्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा एउटा मुख्य हिस्साको रूपमा रहेको छ जसमाथि टेकेर ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग लगाइयो। गोप्य जानकारी खुलासा गर्ने एक अमेरिकीले त्यो कुराकानी सुनेपछि चासो व्यक्त भएको थियो र त्यसले महाभियोग प्रक्रियालाई अगाडि बढाएको थियो । गत बुधवार हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग लगायो । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकोले ट्रम्प पदबाट हट्ने सम्भावना देखिँदैन ।

हालै सार्वजनिक भएको इमेल अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दामा एउटा अदालतको आदेशपछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले पाएको छ । ट्रम्पले जेलेन्स्कीसँग कुराकानी गरेको ९१ मिनेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले युक्रेनलाई दिने गरिएको सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको इमेलले देखाउँछ।

टेलिफोन कुराकानीबारे खुलासा भएपछि ह्वाइट हाउसले त्यसको ट्रान्सक्रिप्ट अर्थात् लिखित स्वरूप सार्वजनिक गरेको थियो। (बीबीसी) 

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्