Kathmandu Press

यस्ता छन् यो दशकका १३ अर्बपतिका स्क्यान्डलहरू

उचाइँ जति अग्लो, त्यति नै साह्रो लडिन्छ।

जेफ्री एप्स्टाइन हुन् वा पोन्जी षडयन्त्र गर्ने एल्लेन स्ट्यान्फोर्ड, यहाँ व्यक्तिगत मामिला, व्यवसायमा भएको उथलपुथल व....

यस्ता छन् यो दशकका १३ अर्बपतिका स्क्यान्डलहरू

उचाइँ जति अग्लो, त्यति नै साह्रो लडिन्छ।

जेफ्री एप्स्टाइन हुन् वा पोन्जी षडयन्त्र गर्ने एल्लेन स्ट्यान्फोर्ड, यहाँ व्यक्तिगत मामिला, व्यवसायमा भएको उथलपुथल वा अपराधकै कारण स्क्यान्डलमा परेका दशकका चर्चित १३ ना अर्बपतिको कथा प्रस्तुत गरिएको छ।

जर्ज सोरोस

Hardik ivf

सन् २०११ मा फ्ल्याट नकिनिदिएको निहुँमा जर्ज सोरोसकी त्यतिबेला २८ वर्षिया प्रेमिकाले पाँच करोड अमेरिकी डलर दाबी गर्दै मुद्दा हालिन्। सोरोस त्यतिबेला ८० वर्षका थिए।

भावनात्मक दुस्ख दिएको भन्दै एड्रियाना फेर्रियरले अर्बपतिलाई मुद्दा हालिन्। करोडौं डलर पर्ने फ्ल्याट किनिदिने वाचा तोडेको उनको दाबी थियो। फेर्रियरका अनुसार न्यूयोर्कको अप्पर इस्ट साइडमा १९ लाख ९५ हजार अमेरिकी डलर मुल्य पर्ने फ्ल्याट किनिदिने सोरोसले वाचा गरेका थिए। तर त्यो फ्ल्याट सोरोसले अर्कै प्रेमिकालाई दिए।

सन् २०१५ मा उनको मुद्दा एक न्यायाधिशले खारेज गरे।

एल्लेन स्ट्यान्फोर्ड

अमेरिकी इतिहासकै दोश्रो ठूलो पोन्जी षडयन्त्र गरेको अभियोगमा आर। एल्लेन स्टयान्फोर्डलाई सन् २०१२ मा दोषी करार गरियो र ११० वर्षको जेल सजाय सुनाइयो।
सिएनबिसिले जनाए अनुसार स्ट्यान्फोर्डले “सुरक्षित लगानी” भन्दै अवकाशप्राप्त धेरै कर्मचारीलाई ठगेका थिए। उनले १८ हजारभन्दा धेरैलाई ठगी गरेका थिए। स्ट्यान्फोर्डको लहलहैमा लागेर लगानीकर्ताले जम्मा ७ अर्ब अमेरिकी डलर गुमाए। धेरै पीडितले अझै पनि पैसा फिर्ता पाएका छन्।

ड्यान क्याथे

सन् २०१२ मा चिक फिल ए नामक अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ड्यान क्याथीले “परम्परागत विवाह” को पक्षमा प्रतिक्रिया दिएपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियन्ताहरू चिढिए। 

“क्रिस्पि चिकेन स्यान्डविच” का लागि प्रख्यात भए पनि चिक फिल ए यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारसम्बन्धी विवादका लागि पनि चिनिन्छ। कम्पनीले फेलोसिप अफ क्रिस्चियन एथलिट्स, दि साल्भेसन आर्मी र पल एन्डरसन युथ होमजस्ता ख्रिस्टिय संस्थालाई सहयोग र समर्थन गर्ने खुलाएपछि चिक फिल¬ए र अध्यक्ष ड्यान क्याथी विवादमा मुछिए। पछिल्ला केहि वर्षदेखि ती सबै संस्थाले समलिङ्गी सम्बन्धको विरोध गर्दै आएका थिए।

सन् २०१२ मा ब्याप्टिस्ट प्रेसलाई दिएको अन्तर्वार्तामा क्याथीले परिवारसम्बन्धी बाइबलको परिभाषामा विश्वास गर्ने बयान दिए। जसअनुसार पुरूष र महिलाबीच मात्रै विवाह मान्य हुन्छ। उनले चर्को आलोचना सहनुपर्‍यो। त्यो ब्यान व्यक्तिगत धार्मिक धारणा भएको र कम्पनीको समलिङ्गी विरोधी एजेन्डा नभएको क्याथीले स्पष्टीकरण दिए पनि अभियन्ताहरूले रेस्टुरेन्ट चेननै बहिष्कार गरे।

घटनापछि कम्पनीले ती संस्थालाई अनुदान सहयोग दिन बन्द गरेको छ। त्यसको साटो “शिक्षा, घरबारविहिनता र भोकमरी” सम्बन्धी सामाजिक कार्यमा सहयोग दिदैं आएको छ।

फ्रान्स्वाँ हेनरी पिनो

फ्रान्सका लक्जरी फेसन टाइकुन फ्रान्स्वाँ हेनरी पिनो पूर्व प्रेमिका लिन्डा इभान्जेलिस्टासँगै सन् २०१२ एउटा विवादमा मुछिए।

पिनो पिपिआरका मालिक हुन् र फ्रान्सको दोश्रो धनी व्यक्ति हुन्। पूर्व प्रेमिका इभान्जेलिस्टाबाट उनलाई सन् २००७ मा पुत्रलाभ भएको छ। तर सन्तान स्याहार्नका लागि कुनै सहयोग नपाएको उनले दाबी गरिन्। अदालतको दस्तावेज अनुसार छोरा अगस्टिनको स्याहार सुसारका लागि आमा इभान्जेलिस्टाले मासिक ४६ हजार अमेरिकी डलर मागदाबी गरेकी थिइन्। त्यसमा छोराको शिक्षा, सुरक्षा र पूर्णकालीन सुसारे पनि समावेश थियो।

पछि दुवैले सहमति गरे तर त्यसको विवरण सार्वजनिक गरिएन।

ज्याकलिन मार्स

सन् २०१३ मा अर्बपति ज्याकलिन मार्सको कारले अर्को गाडीलाई ठक्कर दिदाँ गर्भवतीसहित दुई महिला मृत्यु भयो। उनी मार्स कन्फेक्सनरीको उत्तराधिकारी हुन्। उनीसँग कम्पनीको सह स्वामित्व पनि छ।

सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै दुर्घटनास्थलका एक प्रत्यक्षदर्शीलाई मार्सले सवारी चलाउँदा चलाउँदै निदाएको बयान दिएको दि वाशिङ्टन पोस्टले समाचार छाप्यो। मृत्यु हुनेमा ८६ वर्षकी आइरिन एल्लिसोर र गर्भवती एश्ली एक्कर ब्लेक्सली थिए। पाँच अन्य घाइते यात्रुको अस्पतालमा उपचार भयो।

त्यतिबेला मार्स अमेरिकाकै दोश्रो धनी महिला थिइन्। उनको कुल सम्पत्ति २०।५ अर्ब अमेरिकी डलर थियो। अहिले बढेर ३०।२ अर्ब अमेरिकी डलर पुगेको छ। हेलचेक्र्याइँपूर्वक सवारी चलाएकोमा उनको सवारी चालक अनुमतिपत्र ६ महिना निलम्बन भयो र २५ सय अमेरिकी डलर जरिवाना भयो।

एक्कर परिवारले उनी जेल जाउन भन्ने कहिले नचाहेको बताए।

“हामीले उनलाई माफ गरेका छौं,” एश्ली ब्लेक्सलीकी आमा श्यारोन एक्करले अदालतमा बयान दिइन्। “मेरा पति र म मार्सलाई दयालुपनका लागि धन्यवादज्ञापन गर्दछौं र उनले पनि शान्ति पाउन् भन्ने आशा गर्दछौं।”

आइकी बाचिस्ता

कुनै समय आइकी बाचिस्ता ब्राजिलकै धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति ३० अर्ब अमेरिकी डलर थियो। त्यतिबेला उनी विश्वकै सातौं धनी व्यक्ति थिए। सन् २०१३ मा उनको तेल कम्पनी ओजिएक्स टाट पल्टिएपछि बाचिस्ताले धेरै सम्पत्ति गुमाए।

बाचिस्ताको तेल कम्पनीले माग पूरा गर्न नसकेपछि ब्राजिलको अर्थतन्त्र ओरालो लाग्न थाल्यो। सन् २०१३ मा उनले टाट पल्टिएको निवेदन दिए। ब्राजिलको शीर्ष कम्पनी यति छिटो टाट पल्टिनुको कारण अनुसन्धान सुरू भएपछि सन् २०१७ मा बाचिस्तालाई कालोधन र भ्रष्टाचारको अभियोग लाग्यो। रियो डि जेनिरोका पूर्व गभर्नर सर्जियो काब्राललाई घुस दिएको अभियोगमा बाचिस्तालाई ३० वर्षको जेल सजाय सुनाइयो।

सिल्भियो बेर्लुस्कोनी

सन् २०१३ मा इटालीका अर्बपति तथा पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीलाई नाबालिग यौनकर्मीसँग यौन सम्पर्क राखेकोमा दोषी करार भयो। उनी तीन पटकसम्म इटालीका प्रधानमन्त्री भएका थिए। यौन सम्बन्ध हुँदा नाबालिगको उमेर १७ वर्ष थियो। ती किशोरीलाई जेलबाट रिहा गराउन पदको दुरूपयोग गरेको अभियोग पनि लगाइएको थियो। अपिल गरेपछि सो अभियोग फिर्ता लिइयो।

तर स्क्यान्डलले अर्बपतिलाई छोडेन। सन् २०१३ मा बेर्लुस्कोनीलाई कर छलीमा दोषी पाइयो र चार वर्षको जेल सजाय भयो। जरिवाना पनि ठूलै थियो भने सार्वजनिक पदका लागि उनलाई अयोग्य घोषणा गरियो। केहि गरेर उनी जेलसजायबाट मुक्त भए। सन् २०१९ मा मिलानको एउटा अदालतले उनलाई “पुनर्स्थापित” भएको ठहर गरेपछि सार्वजनिक कार्यालयको पदभार ग्रहण गर्ने प्रतिबन्ध पनि फुकुवा भयो।

एलिजाबेथ होल्म्स

एलिजाबेथको “मेडिकल स्टार्ट अप” थेरानोस झूठो भएको पत्ता लागेपछि सब डामाडोल भयो।

कुनै समय होल्म्सलाई सिलिकन भ्यालीको स्टार मानिन्थ्यो। सन् २००० को सुरूमा रगत परीक्षण गर्ने उनको कम्पनी थेरानोसले निकै चर्चा पायो। बिरामी परीक्षण र उपचार गर्ने तरिकामा क्रान्ति ल्याउने वाचासहित उनको कम्पनीलाई लगानीको राम्रो अवसर मानिन्थ्यो। सन् २००४ को अन्त्यसम्म कम्पनीले निजी लगानीकर्ताबाट झण्डै ६० लाख अमेरिकी डलर उठाएको थियो। केहि लगानीकर्ताको होल्म्ससँग व्यक्तिगत सम्बन्ध थियो। सन् २०१५ सम्म ४।५ अर्ब अमेरिकी डलर सहित अमेरिकाको “सेल्फ मेड” महिलाको फोर्ब्स सूचीमा उनी शीर्ष स्थानमा थिइन्।

तर फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए० लाई थेरानोसको प्रविधि वैध नभएको उजुरी परेपछि कम्पनीको अधोगति सुरू भयो।

नोभेम्बर २०१५ सम्म थेरानोसले सेफवे र वाल्ग्रिन्ससँग साझेदारी गुमायो। सन् २०१६ मा सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेसले थेरानोसको परीक्षण बिरामीका लागि सुरक्षा जोखिम भएको निष्कर्ष निकाल्यो। धेरै मुद्दा परेपछि होल्म्सले ठगी गरेको फैसला भयो। थेरानोसले सेप्टेम्बर २०१८ मा सधैंका लागि ढोका बन्द गर्‍यो। झण्डै टाट पनि पल्टियो। होल्म्स र साझेदार सन्नी बलवानीलाई डिपार्टमेन्ट अफ जस्टिसले ठगी गरेको अभियोग लगायो। सन् २०२० को अगष्टदेखि मुद्दाको सुनुवाइ हुनेछ। दुवैले निर्दोष भएको दाबी गरेका छन्।

हेनरी टि. निकोलस तेश्रो

सन् २०१८ मा ब्रोडकमका सहसंस्थापक हेनरी टि। निकोलस तेश्रोलाई लागुऔषध तस्करी गरेको र राखेको आरोप लाग्यो।

निकोलस र सह प्रतिवादी एश्ली क्रिस्टिन फार्गोलाई सन् २०१८ मा लागुऔषध साथमा राखेको मुद्दा सहित लागुऔषध तस्कर गरेको पाँच अन्य मुद्दा पनि सफाइ दिइयो।
लस एञ्जलिस टाइम्सले जनाए अनुसार त्यहाँको एउटा स्ट्रिप होटेल कक्ष थुनिएपछि निकोलस र सुरक्षा अधिकारीलाई बोलाए। कोठाभित्र प्रवेश गर्दा फार्गो “प्रतिक्रियाविहीन” अवस्थामा थिइन्। उनले नाइट्रोस अक्साइड वा “लाफिङ ग्याँस” सुँघेको बताइएको छ। यो ग्याँस गैरकानूनी होइन। कोठामा भेटिएका सुटकेसमा लागुऔषध भेटियो तर ती सुटकेस निकोलस वा फार्गोकै हो भन्ने कुनै प्रमाण नभएको प्रतिवादीले तर्क गरे। उनीहरूका अनुसार कोठामा फार्गो र निकोलस आउनुअघि धेरै पटक थुप्रै मानिसको आउजाउ भएको थियो।

काइली जेन्नर

सन् २०१८ मा फोर्ब्सले काइली जेन्नरलाई सबैभन्दा कान्छी “सेल्फ मेड” अर्बपतिको सूचीमा राख्यो। तर त्यस्को आलोचना पनि उत्तिकै भयो।

काइली जेन्नरलाई कभरमा राखेपछि फोर्ब्सको निकै आलोचना भयो। कर्डासियन परिवारको रियालिटी शो र अनलाइनमा पाएको सफलता र आमा तथा व्यवस्थापक क्रिस जेन्नरको सहयोग नपाएको भए उनी अर्बपति नबन्ने आलोचकहरूको भनाइ थियो। काइली कस्मेटिक्स मात्रै सफलताको कारण नभएको उनीहरूको तर्क थियो।

न्यूयोर्क टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा उनी पूर्णतया “सेल्फ मेड” नभएको र एक्लैले सबै सफलता नपाएको जेन्नरले स्वीकारिन्।

“पैसाको मात्रै कुरा गरेको हो भने मैले पुर्ख्यौली सम्पत्ति आर्जन गरेको होइन,” जेन्नरले भनिन्,“मलाई धेरैले सहयोग गरेका छन् र ठूलो मञ्च पनि पाएकी छु।”

इलोन मस्क

इलोन मस्क थुप्रै कन्ट्रोभर्सीमा परेका छन्। सन् २०१८ मा युएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन ९एसइसि० ले उनलाई ठगीको अभियोग लगायो।
गएको दशमा मस्कले क्यामेराअघि गाँजा पनि खाए। तर एसइसिले सन् २०१८ को सेप्टेम्बरमा ठगीको अभियोग लगाएपछि टेस्ला र स्पेसएक्सका संस्थापक निकै अप्ठ्यारोमा परे। टेस्लालाई निजी बनाउनेबारे विचार गरिरहेको र लगानी पनि सुरक्षित गरेको उनले ट्विट गरे। त्यसपछि कम्पनीको शेयर १३ प्रतिशतभन्दा धेरै घट्यो।
मुद्दा मिलाउन अर्बपति मस्कले चार करोड अमेरिकी डलर जरिवाना बुझाए। अध्यक्षबाट राजीनामा दिए र कम्पनीको प्रमुख कार्यकारी अधिकृत बने।

ट्विटरमा साढे दुई करोड प्रयोगकर्तालाई टेस्लाबारे गलत सूचना दिएकोले मस्कले सम्झौताको उल्लंघन गरेको भन्दै सन् २०१९ को मे महिनामा एसइसिले अर्को उजुरी गर्‍यो। मस्कले सन् २०१९ मा टेस्लाले करिब पाँच लाख कार उत्पादन गर्ने भन्दै ट्विट गरेका थिए। यो टेस्लाको आफ्नै पूर्वानुमान विपरीत थियो।

मार्क जकरबर्ग

क्याम्ब्रिज एनलाइटिका काण्डमा फेसबुक प्रयोगकर्ताको सूचना दुरूपयोग गरेको भन्दै मार्क जकरबर्गको चर्को आलोचना भयो। त्यसबाहेक “होलोकस्ट” सम्बन्धी जकरबर्गको प्रतिक्रियाले पनि निकै चर्चा पायो।

फेसबुकको सुरक्षा र “फ्याक्ट चेकिङ” लाई लिएर केहि वर्षदेखि सामाजिक सञ्जाल तथा प्रमुख कार्यकारी अधिकृत जकरबर्ग विवादमा छन्। दोश्रो विश्वयुद्धमा यहुदीको नरसंहार घटना “होलोकस्ट” सम्बन्धी पोस्ट फेसबुकले हटाउन हुँदैन भनेर उनले प्रतिक्रिया दिएका थिए। पछि उनले क्षमायाचना गरे।

प्रयोगकर्ताको सूचना तथा जानकारीको दुरूपयोग गरेकोमा दोषी पाइएपछि फेडेरल ट्रेड कमिसन ९एफटिसि० ले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना गरायो। कुनै प्रविधि कम्पनीलाई जरिवाना गराइएको यो नै हालसम्मको सबैभन्दा धेरै रकम हो।

जेफ्री एप्सटिन

अर्बपति जेफ्री एप्सटिनलाई मानव बेचबिखनबो अभियोग लाग्यो। जेलमा आत्महत्या गरेपछि सन् २०१९ मा उनी अन्तर्राष्ट्रिय समाचार बने।

सन् २००० ताका नाबालिग बालिका बेचबिखन गरेको शङ्कामा जुलाई सन् २०१९ मा एप्सटिनलाई न्यूयोर्क सिटीबाट गिरफ्तार गरियो। उनलाई सन् २००७ मा पनि बाल यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको थियो। अमेरिकी वकिल एलेक्जेन्डर एकोस्टासँग “गोप्य सम्झौता” गरेपछि उनी मुक्त भएका थिए। संघीय अभियोजनबाट प्रतिरक्षा पाए पनि देहव्यापार उक्साएको र नाबालिगलाई शोषण गरेको अभियोगमा उनले दोष स्वीकार गरे।

उनी १३ महिना जेलमा बसे। तर न्यूयोर्क टाइम्सले जनाए अनुसार उनलाई पाल्म बिचस्थित कार्यालयबाट साताको ६ दिन काम गर्ने अनुमति दिइएको थियो। उनीमाथि आरोप लाग्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलगायतका उच्च पदस्थ व्यक्तित्वसँग उनको सम्बन्ध पनि चर्चामा आयो।
समाचारका अनुसार म्यान्ह्याटनो मेट्रोपोलिटन करेक्सनल सेन्टरमा अगष्ट १० तारिख बिहान एप्सटिनले आत्महत्या गरे। उनी विरूद्ध १४ वर्षसम्मका बालिकाको बेचबिखन गरेको आरोप थियो।

यो स्क्यान्डल अझै सेलाएको छैन। घटनामा को को संलग्न थिए भनेर अझै अनुसन्धान गर्ने प्रयास भइरहेका छन्। एप्सटिन विरूद्ध लगाइएको मुद्दा भने फर्स्योट भइसकेको छ।

प्रकाशित मिति: ०७:२८ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्