Kathmandu Press

मार्टिनेजले छाडे बेल्जियमको मुख्य प्रशिक्षक

क्रोएसियाविरुद्धको खेल सकिएलगत्तै मार्टिनेजले बेल्ज्यिम टिम छाडेका हुन्। सन् २०१६मा बेल्जियमको मुख्य प्रशिक्षक भएका उनको सम्झौता विश्वकपसम्मका लागि मात्र थियो।
मार्टिनेजले छाडे बेल्जियमको मुख्य प्रशिक्षक

काठमाडाैं, मंसिर १६ : २४ वर्षपछि बेल्जियम नकआउट चरण पुग्न असफल भएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले टिम छाडेका छन्। बिहीबार राति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम नकआउटमा पुग्न असफल भएको थियो।

क्रोएसियाविरुद्धको खेल सकिएलगत्तै मार्टिनेजले बेल्ज्यिम टिम छाडेका हुन्। सन् २०१६मा बेल्जियमको मुख्य प्रशिक्षक भएका उनको सम्झौता विश्वकपसम्मका लागि मात्र थियो।

‘यो मेरो अन्तिम खेल थियो, यो कति भावनात्मक छ तपाईं आफैं सोच्न सक्नुहुन्छ,’ मार्टिनेजले भनेका छन्, ‘यो निर्णय मैले विश्वकपको ठीक अगाडि लिएको थिएँ । म जहिले पनि लामो प्रोजेक्ममा काम गर्न रुचाउँछु। त्यसले स्थापित हुन सहयोग गर्छ।’

सन् २०१८को विश्वकपपछि आफूलाई क्लब फुटबलको प्रशिक्षणका लागि थुप्रै अफर आएको उनले बताएका छन्। उनले भनेका छन्, ‘मलाई थुप्रै अवसरहरु आएका थिए । म राजीनामा दिन चाहँदिन थिए, म आफ्नो समयावधी पुरै सकाउन लचक थिएँ।’

आजबाट बेल्जियम फुबटल टिमसँगको आफ्नो सम्झौता सकिएको भन्दै उनले यो पीडादायी भएको बताए।

मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले ८० खेल्दा ५६ जित, १३ बराबरी र ११ हारको नतिजा निकालेको छ।

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्