Kathmandu Press

क्राेएसिया नकआउटमा, बेल्जियम बाहिरियाे

बिहीबार राति भएको खेलमा बेल्जियमलाई बराबरीमा रोक्दै क्रोएसिया समूह एफको उपविजेताका रुपमा नकआउट पुगेको हो।
क्राेएसिया नकआउटमा, बेल्जियम बाहिरियाे

काठमाडाैं, मंसिर १५ : अघिल्लो संस्करणको उपविजेता क्रोएसिया कातार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा बेल्जियमलाई बराबरीमा रोक्दै क्रोएसिया समूह एफको उपविजेताका रुपमा नकआउट पुगेको हो।

यता क्रोएसियासँग बराबरीमा रोकिएपछि बेल्जियम भने समूह चरणबाटै बाहिरएको छ। समूहमा एक जित र एक बराबरीसहित ४ अंक जोडेपछि उ तेस्रो हुँदै १९९८ पछि पहिलो पटक नकआउटमा पुग्न असफल भयो।

५ अंक जोड्दै क्रोएसिया दोस्रो भयो । उसले क्यानडमाथि ४(१को जित निकाल्दा मोरक्कोसँग बराबरी खेलेको थियो। अब उसले अन्तिम १६मा समूह ईको विजेतासँग खेल्नेछ।

पहिलो हाफ निकै शान्त भएको खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफको सुरुआतमै बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतारेपछि खेलमा बेल्जियमले थुप्रै आक्रमण गरेको थियो। उसका लुकाकुको एउटा प्रहार पोस्टमा लागेको फर्किएको थियो।

यता, क्रोएसियाले गोल गर्न नसकेपनि उत्कृष्ट खेल पस्कियो। खेलमा क्रोएसियाले ११ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो भने बेल्जियमले १६ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

प्रकाशित मिति: २३:२६ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्