Kathmandu Press

जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न

पनौती, मंसिर १५ : काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको आयोजनामा जिल्लाका २९ वटा विद्यालय सम्मिलित जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

जिल्ला भरिका सामुदायिक तथा संस्थागत विद्यालय सम्मिलित सो प्रतियोगितामा काठमाडौं  विश्वविद्यालय हाइ स्कूल पनौतिका दुर्लभ गौचन प्रथम, काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालय पनौतीका कृतलसिं महत द्वितीय तथा काठमाडौ विश्वविद्यालय हाइ स्कूलका शुभओम कोइराला तृतीय हुन सफल भए।

उक्त प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पनौती नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि रामशरण भण्डारीले खेलले एकताको भावना बढाउने र स्वच्छ प्रतिस्पर्धाको भावना जगाउने एवं राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा परिचित गराउने हुँदा यस प्रकारका प्रतियोगिता भइरहनु पर्ने बताएका थिए। जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नयनमा काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको विशेष भूमिका रहेको भन्दै उनले आगामी दिनहरुमा पनि यस प्रकारका प्रतियोगिता सञ्चालन भइरहने विश्वास व्यक्त गरे।

विद्यालयका गणित विभाग प्रमुख रामकुमार थापा संयोजक रहेकाे कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष  सुजेन्द्र श्रेष्ठ, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने  लगायतको उपस्थिति रहेको थियो ।

कार्यकमका सभापति रहेका विद्यालयका प्राचार्य वसन्तराज नेपालले विभिन्न समयमा विभिन्न प्रतियोगितामार्फत आफूहरुले विद्यार्थीको चौतर्फी विकासका लागि प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको बताए। साथै यस्ता खेलकूदका कार्यक्रमले विद्यार्थीहरुलाई मोबाइलको अत्याधिक प्रयोग तथा दुरुपयोगबाट निरुत्साहित गर्दै प्रत्यक्ष शारीरिक अभ्यासका खेलमा सहभागी गराई शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याई सामाजिक भावनाको विकास गराउने उद्देश्य रहेको बताए। प्रतियोगिता सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्