पेनाल्टीमा चुके मेस्सी
पोल्यान्डसँग भएको अर्जेन्टिनाले बुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेतापनि मेसीले पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।
काठमाडौं, मंसिर १५ : अर्जेन्टिनाका स्टार लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।
पोल्यान्डसँग भएको अर्जेन्टिनाले बुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेतापनि मेसीले पेनाल्टीमा गोल गर्न चुकेका हुन् । मेसीले ३९ औँ मिनेटमा पाएको पेनान्टी अवसरलाई सदुपयोग गर्न सकेनन् ।
मेसीको प्रहारलाई पोल्यान्डका गोलकिपर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रोपटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए ।
प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











