Kathmandu Press

समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारका बाबजुद पोल्यान्ड पनि अन्तिम–१६ मा

६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । जितसँगै अर्जेन्टिना समूह ‘सी’बाट विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । हारका बाबजुद पोल्यान्डले पनि अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 
समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारका बाबजुद पोल्यान्ड पनि अन्तिम–१६ मा

काठमाडौं, मंसिर १५ : पोल्यान्डलाई २–० ले हराउँदै अर्जेन्टिना कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ । जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले ४६औँ मिनेटमा एलेक्सिस म्याक–एलिस्टरको गोलबाट अग्रता लिएको थियो । 

६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । जितसँगै अर्जेन्टिना समूह ‘सी’बाट विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । हारका बाबजुद पोल्यान्डले पनि अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

यस समूहमा अर्जेन्टिनाले ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भए पनि गोल अन्तरमा पोल्यान्ड अगाडि भएको हो । मेक्सिकोले आजै सम्पन्न खेलमा साउदी अरबलाई २–१ ले पराजित गरेको थियो । १९९४ यता लगातार अन्तिम–१६ मा स्थान बनाउन सफल मेक्सिको यसपटक भने समूह चरणबाट बाहिरिएको छ । 

पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ ।

अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अस्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 
 
प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्