डेनमार्कलाई हराउँदै अस्ट्रेलिया नकआउटमा, डेनमार्क बाहिरीयो
अल जनोब स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कमाथि १(०को जित निकाल्दै अस्ट्रेलिया नकआउट चरण पुगेको हो।
काठमाडाैं, मंसिर १४ : अस्ट्रेलिया कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो एसियन देश बनेको छ। अल जनोब स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कमाथि १-०को जित निकाल्दै अस्ट्रेलिया नकआउट चरण पुगेको हो।
विश्वकपमा सहभागी ६ एसियन टिममध्ये आयोजक कतार र इरान बाहिरिसकेका छन् भने जापान, दक्षिण कोरिया र साउदी अरेबियाको नकआउट सम्भावना बाँकी छ।
अस्ट्रेलिया समूह डीको उपविजेता बन्दै नकआउट पुगेको हो। यो समूहमा उसले २ जित निकाल्दै ६ अंक जोड्यो। उ फ्रान्ससँग गोलअन्तरमा पछि पर्दै दोस्रो भएको हो। यता, डेनमार्क भने प्रतियोगिताबाट बाहिरियो।
अन्तिम १६मा अब अस्ट्रेलियाले सीको विजेतासँग खेल्नेछ। अस्ट्रेलियो दोस्रो पटक नकआउट चरणमा पुगेको हो। यसअघि उ सन् २००६ मा पनि नकआउटमा पुगेको थियो।
डेनमार्कविरुद्ध अस्ट्रेलियालाई जित दिलाउन म्याथु लुकेइले गोल गरे। पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा लुकेइले गोल गरेको थियो। त्यसपछि गोल नहुँदा अस्ट्रेलिया विजयी भयो।











