Kathmandu Press

गुन्डा समूहका सुटरसहित दुई पक्राउ

काठमाडौं, पुस ६ : गुन्डा समूहका सुटरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुन्डा नाइके रमेश बाहुन ....

गुन्डा समूहका सुटरसहित दुई पक्राउ

काठमाडौं, पुस ६ : गुन्डा समूहका सुटरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई र दावा लामा समूहका विष्णु धिताललाई कोटेश्वरबाट पक्राउ गरेको हो। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको प्रहरीले जनाएको छ।

जबर्जस्ती च्नदा असुली, धम्की, फिरौती मागलगायतका अपराधमा उनीहरुविरुद्ध उजुरी परेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए।

अहिले महाशाखाले अपराधिक कार्यमा संलग्न गिरोहका सहयोगी र अन्य व्यक्तिको विववरण संकलन गरिरहेको जनाएको छ। त्यहि क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

 

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्