केन्द्रीय सदस्य पनि वडाबाटै चुनिनु पर्छ : पौडेल
चितवन, माघ २९ : नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकाले राजिनामा दिनुपरेको बत....
चितवन, माघ २९ : नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकाले राजिनामा दिनुपरेको बताएका छन् ।
आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अव छिट्टै केन्द्रिय कमिटीले नेविसंघको नयाँ नेतृत्व चयन गर्छ ।’
नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउदै जनताले जुन आशा गरेका थिए, त्यो निराशामा परिणत भएको पनि बताए ।
‘सरकारले न गति लिन सकेको छ न विधि’ पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने ।
पौडेलले पार्टीभित्र आफू महासमिती र जिल्ला सभापतिहरू सँग गरिएको सहमति अनुसारै वडा तहबाटै केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएर आउने पक्षमा रहेको पनि प्रस्ट पारेका थिए ।