Kathmandu Press

यु १९ राष्ट्रिय क्रिकेट : अपराजित रहँदै सुदूरपश्चिम प्रदेश फाइनलमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो।
यु १९ राष्ट्रिय क्रिकेट : अपराजित रहँदै सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडाैं, मंसिर १४ :  यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो। मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे। त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।  

सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले। त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे। मधेशका लागि अविशेक तिवारीले दुई विकेट लिए भने साइमन रोयले एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३८ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय २२ रन बनाएको थियो। मधेश प्रदेशका लागि अलि अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे। मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए।

सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले पाँच विकेट लिए। हेमन्त धामीले तीन तथा युवराज खत्रीले दुई विकेट लिए। अपराजित सुदूरपश्चिमले पाँच खेलबाट १० अङ्क जोडेको छ। यो हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। 

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्