माथिल्लो भोटेकोशीबाट व्यापारिक उत्पादन सुरू
चौतारा, पुस ६ : ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन सुरू भएको छ।
दुई साताको परीक्षण प्रसारणप....

चौतारा, पुस ६ : ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन सुरू भएको छ।
दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गरी व्यापारिक उत्पादन सुरू भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए।
२०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो। निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ मा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई सात अर्बमा ठेक्का दिइएको थियो।










-1754206481.jpg)
