Kathmandu Press

नकआउट पुग्न अर्जेन्टिना र पोल्यान्ड भिड्दै

सम्भवतः करिअरको अन्तिम विश्वकप खेलिरहेका पोल्यान्डविरुद्धको खेल मेसीका लागि भावनात्मक पनि हुनेछ। लेवान्डोस्की पनि मेसीकै अवस्थामा हुनेछन्। उनका लागि पनि सम्भवतः यो अन्तिम विश्वकप हो।
नकआउट पुग्न अर्जेन्टिना र पोल्यान्ड भिड्दै

काठमाडाैं, मंसिर १४ : कतार विश्वकपमा आज समूह सीका अन्तिम खेलहरु हुँदैछन्। जसमा दुई स्टार खेलाडीहरु लियोनल मेसी र रोबर्ट लेवान्डोस्कीको टिम आमने सामने हुँदै छन्।

मेसीको अर्जेन्टिना र लेवान्डोस्कीको पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा राति १२ः४५ बजे हुने छ। दुवै टिम नकआउट पुगिनसकेकाले यो खेल दुवैका लागि निकै महत्वपूर्ण छ।

मेक्सिको र साउदी अरेबिया पनि रहेको यो समूहमा ४ अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ भने ३ अंक मात्र जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। यो समूहबाट मेक्सिको र साउदीको पनि नकआउट पुग्ने सम्भावना कायमै छ।

अर्जेन्टिनासँग मैदानमा उत्रँदा पोल्यान्ड केही सहज अवस्थामा हुनेछ। उसलाई नकआउट पुग्न बराबरी नै काफी छ। तर, अर्जेन्टिनालाई जित नै चाहिन्छ। बराबरीले पनि उसको सम्भावना त रहन्छ, त्यसका लािग अन्य खेलको नतिजा भर पर्नुपर्ने हुन्छ।

पहिलो खेलमा अप्रत्यासित रुपमा साउदी अबेरियासँग पराजित भएको मेसीको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिाकोलाई २–०ले हराएको थियो । यता, मेक्सिकोसँग बराबरी खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदी अरेबियामाथि २–०को जित निकालेको थियो।

अर्जेन्टिना कठीन मोठमा देखिएपनि उसका कप्तान लियोनल मेसी भने लयमा देखिएका छन्। उनले अघिल्ला दुइृ खेलमा अर्जेन्टिनाले गरेका तीन नै गोलमा मेसीले मुख्य भूमिका खेलेका छन्। जसमा उनले २ गोल १ असिस्ट गरेका छन्।

सम्भवतः करिअरको अन्तिम विश्वकप खेलिरहेका पोल्यान्डविरुद्धको खेल मेसीका लागि भावनात्मक पनि हुनेछ। लेवान्डोस्की पनि मेसीकै अवस्थामा हुनेछन्। उनका लागि पनि सम्भवतः यो अन्तिम विश्वकप हो।

सन् २०२२ मै मेसीले आफ्नो देशका लागि १३ गोल गरिसकेका छन् । उनले त्यो लय विश्वकपमा पनि  देखाइसकेका छन्। पोल्यान्डविरुद्ध मैदान उत्रँदा अर्जेन्टिना मेसीमै निर्भर हुने छ ।

यता, पोल्यान्ड लेवलान्डोस्कीमा । ३४ वर्षीय लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध गोल गरेपछि केही राहत महसुस गरेका छन् । र, उनी अब आफ्नो टिमलाई सन् १९८६ यता  पहिलो पटक नकआउट चरण पुर्‍याउन चाहन्छन्। त्यसको मुख्य हतियार उनी नै हुनेछन्।

पोल्यान्ड र अर्जेन्टिनामध्ये को नकआउट पुग्लान् या दुवै नकआउट पुग्नछन् ? त्यो अबको केही घण्डामा थाहा हुनेछ।

 

 

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्