Kathmandu Press

समूह बीबाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा

मंगलबार राति भएका खेलमा जित निकाल्दै इंग्ल्यान्ड विजेतार अमेरिका उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेका हुन्।
समूह बीबाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा

काठमाडाैं, मंसिर १४ : इंग्ल्यान्ड र अमेरिका २२औं संस्करणको विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएका खेलमा जित निकाल्दै इंग्ल्यान्ड विजेतार अमेरिका उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेका हुन्।

मार्कस रास्फोर्ड चम्किएपछि इंग्ल्यान्डले वेल्समाथि ३–०को जित निकाल्यो। यो जितसँगै इंग्ल्यान्ड समूहको बीको विजेता बन्यो । इंग्ल्यान्डले पहिलो खेलमा इरानमाथि ६–२को फाराकिलो जित निकाल्दा दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो।

पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। इंग्ल्यान्डले दोस्रो हाफमा २ मिनेटमा २ गोल गरेको थियो । उसलाई रास्फोर्डले ५०औं मिनेटमा अग्रता दिलाएका थिए भने ५१औं मिनेटमा फिल फोडनेले अग्रता दोब्बर बनाएका थिए।

त्यसपछि ६८औं मिनेटमा रास्फोर्डले नै गोल गरेपछि इंग्ल्यान्डले वेल्समाथि ३–०को जित निकाल्यो।

अब इंग्ल्यान्डले अन्तिम १६मा सेनेगलको सामाना गर्ने छ। सेनेगल समूह एको उपविजेताका रुपमा नकआउट पुगेको हो।

यस्तै, अल थुमाम रंगशालामा भएको खेलमा इरानलाई १–०ले हराउँदै अमेरिकाले नकआउटमा पुग्यो । यो जितपछि ४ अंक जोडेको अमेरिका समूह बीबाट दोस्रो हुँदै अन्तिम १६ पुग्यो। अब अमेरिकाले अन्तिम १६मा समूह एको विजेता नेदरल्यान्ड्सको सामाना गर्ने छ।

खेलमा अमेरिकालाई जित दिलाउन क्रिस्टियन पुलुसिचले निर्णायक गोल गरे । उनले ३८औं मिनेटमा सर्जिनो डेस्टको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा अमेरिका विजयी भयो।

यता, बराबरी मात्रै गरेपछि नकआउट पुग्ने खेलमा पराजित भएपनि इरान भने प्रतियोगिताबाट बाहिरिएको छ। ३ अंक जोडेको इरान सामूहमा तेस्रो भयो।

 

 

प्रकाशित मिति: ०८:४३ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्