Kathmandu Press

समानुपातिकतर्फ १ करोड मत गनियो, कसले कति मत पाए ? 

समानुपातिकतर्फ १ करोड मत गनियो, कसले कति मत पाए ? 

काठमाडौं, मंसिर १४ : समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आफ्नो वेभ साइटमा बिहान १० बजे प्रविष्ट गरेको विवरण अनुसार अहिलेसम्म १ करोड १२ हजार ४७ मतगणना सकिएको छ ।  

यसपालि समानुपातिकमा १ करोड ९ लाख मत खसेको बताइएको छ । अहिलेसम्मको गणनामा नेकपा एमालेले सबैभन्दा बढी १६ लाख ९७ हजार ६६४ मत ल्याएको छ । दोस्रो बढी मत ल्याउनेमा नेपाली कांग्रेस देखिन्छ । उसले अहिलेसम्म २५ लाख ५५ हजार १५९ मत प्राप्त गरेको छ । 

Hardik ivf

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४१ हजार २७३ मत ल्याएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार  ७८९ मत ल्याएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ३०४ मत पाएको । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ५९९ मत पाएको छ । त्यस्तै जनमत पार्टीले ३ लाख ५४ हजार ३८४ मत ल्याउँदा अन्य दलले भने थ्रेसहोल्ड पार गरेका छैनन् । 

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार १९८ मत ल्याउँदै थ्रेसहोल्ड पच्छ्याइरहेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३४३ मत पाएको छ । अन्य दलहरु भने थ्रेसहोल्डबाट निकै टाढा देखिन्छन्। 
 

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्