Kathmandu Press

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले ) की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका हुन् । 
उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

काठमाडौं, मंसिर १४ : उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहनुभएका नेपाली कांग्रेसका नेता डा.नारायण खड्का चौथोपटक विजयी भएका छन् ।

खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका हुन् । 

Hardik ivf

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे । यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

खड्कालाई रोक्न पुरानै प्रतिस्पर्धी एमाले नेतृ मञ्जुकुमारी चौधरी मैदानमा उत्रिए पनि सफल भएन । पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुन् ।

विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

प्रकाशित मिति: ०७:१० बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्