Kathmandu Press

शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स अन्तिम १६मा

समूहको अन्तिम खेलमा मंगलबार राति उसले कतारमाथि २-०को जित निकाल्यो।
शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स अन्तिम १६मा

काठमाडौं, मंसिर १३ : नेदरल्यान्ड्स समूह एको विजेताका रुपमा २२औं संस्करणको विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा मंगलबार राति उसले कतारमाथि २-०को जित निकाल्यो।

यो जितसँगै उसले समूह एमा २ जित र १ बराबरीसहित ७ अंक जोड्यो। उसले पहिलो खेलमा सेनेगलमाथि २-०को जित निकलोको थियो भने इक्वेडेरसँग १-१ को बराबरी खेलेको थियो।

अब नेदरल्यान्ड्सले अन्तिम १६मा समूह बीको उपविजेतासँग खेल्ने छ।

मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाप्को र फ्रांकी डि योङले गोल गरे । नेदरल्यान्ड्सले दुवै हाफमा गोल गरेको थियो।

२६औं मिनेटमा गाप्कोको गोलमा खेलमा नेदरल्यान्ड्सले अग्रता लियो। प्रतियोगितामा गाप्कोको यो तेस्रो गोल हो। यसअघिका दुवै खेलमा पनि उनले गोल गरेका थिए।

पहिलो हाफ १)०मै सकिएको खेलको दोस्रो हाफको सुरुआतमै डि योङले नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए। खेलमा त्यसपछि गोल नहुँदा नेदरल्यान्ड्यास विजयी भयो।

 

प्रकाशित मिति: २३:२४ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्