Kathmandu Press

समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत, कसले कति मत पाए

समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत, कसले कति मत पाए

काठमाडौं, मंसिर १३ : नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहानसम्म ९६ लाख ४७ हजार ४१० मत गणना हुँदा माओवादी केन्द्रले तेस्रो स्थान कायम गरेको हो । 

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ। हालसम्म उसले २६ लाख ३३६ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २४ लाख ६४ हजार ३१ मत छ । 

Hardik ivf

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७५ हजार १५५ मतसहित चौथो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले  ५ लाख ५३ हजार ९४७ मत ल्याएको छ । 

जनमत पार्टीले पनि थ्रेसहोल्ड कटाउँदै ३ लाख १६ हजार ५९२ मत ल्याएको छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड पच्छ्याइरहेको छ । उसले हालसम्म २ लाख ६५ हजार ९८४ मत ल्याएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५४८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ६९०, नेपाल मजदुर किसान पार्टीले ७३ हजार २१५, हाम्रा् नेपाली पार्टीले ५३ हजार ३४४, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार ५२२, राष्ट्रिय जनमोर्चाले ४५ हजार ३३४, नेपाल संघीय समाजवादी पार्टीले ३५ हजार ६९० मत ल्याएका छन् ।   
 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्