उरुग्वेलाई हराउँदै पोर्चुगल अन्तिम-१६ मा पुग्यो
समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हराएको हो । यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम-१६ मा पुगेको हो।
काठमाडौं, मंसिर १३ : फिफा विश्वकप २०२२ मा पोर्चुगल अन्तिम-१६ मा पुगेको छ ।
समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हराएको हो । यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम-१६ मा पुगेको हो।
उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत उनले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।
जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे। यसअघि पहिलो खेलमा घानालाई हराएको शीर्ष स्थानको पोर्चुगलले समूहमा ६ अंक जोड्यो।
दोस्रो स्थानको घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाले १/१ अंक जोडेका छन्। अब अन्तिम चरणमा पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वेबीच खेल हुनेछ।