लगातार दोस्रो जितसँगै ब्राजिल अन्तिम-१६ मा
प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा ब्राजिलले सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई १-० ले हरायो । पहिलो खेलमा क्यामरुनलाई हराएकाले स्वीट्जरल्यान्डको पनि नकआउट पुग्ने सम्भावना कायमै छ।
काठमाडौं, मंसिर १३ : ५ पटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकपको नकआउट चरण प्रवेश गरेको छ। समूह एचमा रहेको ब्राजिल लगातार दोस्रो जित निकाल्दै एक खेल बाँकी छँदै नकआउटमा प्रवेश गरेको हो।
योसँगै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टिम बन्यो । यसअघि डिफेन्डिङ च्याम्पियन फ्रान्स नकआउट पुगिसकेको छ।
प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा ब्राजिलले सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई १-० ले हरायो । पहिलो खेलमा क्यामरुनलाई हराएकाले स्वीट्जरल्यान्डको पनि नकआउट पुग्ने सम्भावना कायमै छ।
अब उसले अन्तिम खेलमा सर्बियालाई हराउन सके उ नकआउट पुग्ने छ। बराबरी भएको अवस्थामा नकआउट पुग्न अर्को खेलमा ब्राजिलले क्यामरुनसँग कम्तिमा बराबरी खेले पुग्छ। अन्तिम खेलमा जित निकालले सर्बिया र क्यामरुनको पनि नकआउट पुग्ने सम्भावना छ। दुवै टिम विजयी भएको अवस्थामा गोल अन्तरमा दुई मध्ये एक टिम नकआउट पुग्ने छन्।
स्टेडियम ९७४ मा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा स्वीट्जरल्यान्डमाथि खासै दबाब बनाउन नसकेपछि प्रशिक्षक टिटेले दोस्रो हाफमा अट्याक बढाउन लुकास पक्वेटाको स्थानमा रोड्रिगोलाई मैदान छिराए।
नभन्दै ब्राजिलले दोस्रो हाफमा निरन्तर दाबब बनायो । ८१ औं मिनेटमा ब्राजिलले अग्रता लियो । रोड्रिगोको पासमा कासेमिरोले गोल गरेका थिए। त्यसअघि ब्राजिललका भिनिसियस जुनियर काउन्टरमा गरेको गोल क्यान्सिल भएको थियो।
विश्वकपका दुवै खेलमा क्लिनसिट राखेको ब्राजिलले दुवै खेलमा कुनै थ्रेसको सामाना गर्नु परेन। विपक्षीले एउटै सट पनि टार्गेटमा हान्न सकेका छैनन।
यो जितसँगै ब्राजिलले स्वीट्जरल्यान्डलाई विश्वकपमा पहिलो पटक हराउन सफल भयो । यसअघिका दुई भेट बराबरीमा सकिएका थिए । यस्तै, विश्वकपको समूह चरणमा लगातार १७ खेलमा अपराजित रहँदै ब्राजिलले नयाँ कीर्तिमान पनि बनायो।











