Kathmandu Press

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमकाे लगातार चौथो जित

चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रदेश १ माथि  २१३ रनको विशाल जित निकालेको हो।  
यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमकाे लगातार चौथो जित

काठमाडौं, मंसिर १२ : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित निकालेको छ।

चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रदेश १ माथि  २१३ रनको विशाल जित निकालेको हो।  सुदूरपश्चिमले दिएको २६५ रनको लक्ष्य पन्छाएको प्रदेश १ , १६.३  ओभर खेल्दा ५१   रनमा समेटियो। उसका लागि भुपाल डंगोलले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरका हेमन्त धामीले ५, आकाश चन्दले ३ र मिलन बोहराले २ विकेट हात पारे। त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २६४ रन बनायो।  उसका कप्तान अनुराग सिंहले  ८३, मिलन बोहराले ६४ रनको योगदान गरे।  प्रदेश १ का अभिनय राजबंशीले ४,आशिष मगर र दिपेश कडेलले २÷२ विकेट हात पारे। 

त्यस्तै मुलपानी मैदानमा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले ४ विकेटले पराजित गर्यो। १६२ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले ३९ दशमलव २ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। त्यसअघि पहिलो व्याटिङ गरेको गण्डकी ३६ दशमलव ३ ओभर खेल्दा १ सय ६१ रनमा समेटियो।

प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन्।

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्