Kathmandu Press

बेल्जियममाथि मोरक्को सानदार जित

यो जितसँगै मोरक्को ४ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ।
बेल्जियममाथि मोरक्को सानदार जित

काठमाडौं, मंसिर ११ : विश्वकप फुटबलमा मोरक्कोले सानदार जित निकालेको छ। अल थुमाम रंगशालमा आइतबार राति भएको खेलमा मोरक्कोले बेल्जियममाथि २–०को जित निकाल्यो। 

यो जितसँगै मोरक्को ४ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ। अब अन्तिम खेलमा उसले क्यानडाको सामाना गर्ने छ। यो खेलमा अंक जोड्न सके उ नकआउट चरण पुग्ने छ।

यता, बेल्जियमको पनि नकआउट सम्भावना बाँकी नै छ। अब उसलाई अन्तिम १६ पुग्ने अन्तिम खेलमा क्रोएसियालाई हराउनै पर्ने हुन्छ । बराबरी भए अन्य खेलको नतिजामा भरपर्नुपर्ने हुन्छ।

फिफा वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमविरुद्ध जित दिलाउन मोरक्कोका अब्देल्लामिद सबिरी र जाकारिया अबोउखलालले गोल गरे। 

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ७३औं मिनेटमा खेलमा मोरक्कोले अग्रता लियो। उसका सफ्टिच्युट खेलाडी सबिरीले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि इन्जुरी समयको अन्त्यतिर अबोउखलालले गोल गरेपछि मोरक्को जित पक्का भयो।

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्