विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हरायो
आइतबार भएको समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानमाथि १–० गोलले हराएको हो । खेलको ८१ औं मिनेटमा कोस्टारिका फुलरले गरेको गोल नै निर्णायक बन्यो ।
काठमाडौं, मंसिर ११ : फिफा विश्वकप २०२२ मा कोस्टारिकाले जापानलाई हराएको छ ।
आइतबार भएको समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हराएको हो । खेलको ८१ औं मिनेटमा कोस्टारिका फुलरले गरेको गोल नै निर्णायक बन्यो । कोस्टारिका २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको जापानको पनि समान खेलबाट समान अंक छ।
शीर्ष स्थानको स्पेनको एक खेलबाट ३ अंक छ भने पहिलो खेलमा हार बेहोरेको जर्मनी अंकबिहीन छ। आज राति यो समूहका जर्मनी र स्पेनबीच भिडन्त हुँदैछ। जर्मनीका लागि अन्तिम १६ मा स्थानमा बनाउन आजको खेलमा हार टार्न सके सहज हुन सक्छ।
यसअघि समूहको पहिलो चरणको खेलमा स्पेनले कोस्टारिकालाई ७–० र जापानले जर्मनीलाई २–१ गोलले हराएको थिए।
प्रकाशित मिति: १८:०० बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











