Kathmandu Press

नागरिकतासम्बन्धी कानून विवाद : मृत्यु हुनेका संख्या २० पुग्यो

एजेन्सी, पुस ६ : भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जना....

नागरिकतासम्बन्धी कानून विवाद : मृत्यु हुनेका संख्या २० पुग्यो
Hardik ivf

एजेन्सी, पुस ६ : भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् ।

शनिबारको मृत्यु  संख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले बताए । 

शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए ।

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्