Kathmandu Press

ट्युनिसियामाथि अस्ट्रेलियाको जित, नकआउटको आशा जीवितै

यो जितसँगै समूह डीबाट नकआउट चरण पुग्ने अस्ट्रेलियाको सम्भावना जीवितै भएको छ। पहिलो खेलमा फ्रान्ससँग ४–१ले पराजित भएको अस्ट्रेलिया अब अन्तिम खेलमा डेनमार्कको समाना गर्ने छ।
ट्युनिसियामाथि अस्ट्रेलियाको जित, नकआउटको आशा जीवितै

काठमाडौं, मंसिर १० : कतारमा जारी विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। शनिबार अल जानोब रंगशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १–०को जित निकाल्यो।

यो जितसँगै समूह डीबाट नकआउट चरण पुग्ने अस्ट्रेलियाको सम्भावना जीवितै भएको छ। पहिलो खेलमा फ्रान्ससँग ४–१ले पराजित भएको अस्ट्रेलिया अब अन्तिम खेलमा डेनमार्कको समाना गर्ने छ। अन्तिम खेलमा फ्रान्ससँग खेल्नु पर्ने भएकाले ट्युनिसियाको नकआउट सम्भावना भने कमजोर बनेको छ।

अस्ट्रेलियालाई जित दिलाउन मिचेल डुकले निर्णायक गोल गरे। उनले खेलको २३औं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए।

पहिलो हाफमै १ गोलले पछि परेको ट्युनिसियाले त्यसपछि अस्ट्रेलियामाथि निरन्तर दबाब बनाए पनि गोल गर्न सकेन । ५९ प्रतिशत बल पोजेसन बनाउँदै उसले १३ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, अस्ट्रेलियाले ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्