Kathmandu Press

नेमारले स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाउने

सर्बियाविरुद्ध खेलमा पटक पटक खराब ट्याकलको सिकार बनेका नेमारको कुर्चुचामा चोट लागेको थियो। उनी ८०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।
नेमारले स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाउने

काठमाडाैं, मंसिर १० : ब्राजिलियन सुपरस्टार नेमारले विश्वकपको समूह चरणको दोस्रो खेल गुमाउने भएका छन्। सर्बियाविरुद्धको खेलमा घाइते हुँदै खेलको अन्त्यतिर मैदान छाडेका नेमारले स्वीट्जरल्यानडविरुद्धको खेल गुमाउने भएको हुन्।

ब्राजिलियन फुटबल एसोसियन र फिफाले नेमारले स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाउने पुष्टी गरेको छ।

सर्बियाविरुद्ध खेलमा पटक पटक खराब ट्याकलको सिकार बनेका नेमारको कुर्चुचामा चोट लागेको थियो। उनी ८०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।

उनको कुर्कुचा सुन्निएको छ। मैदानबाट बाहिर निस्किएपछि उनी बेन्चमा रोइरहेका देखिन्थे।

यस्तै डिफेन्डर डानिलोले पनि चोटकै कारण स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाउने पक्का भएको छ। उनलाई पनि सर्बियाविरुद्धको खेलमा कुर्कुचामा चोट लागेको थियो।

उनीहरु दुवैलाई थप उपचारको आवश्यकता भएको बताइएको छ। ब्राजिलियन टिमका मेडिकल स्टाफ नेमार र डानिलो दुवै विश्वकपमा अन्य खेलमा उपलब्ध हुनेमा आशावादी रहेको बताइएको छ।

ब्राजिलले सोमबार राति ९ः४५ बजे स्वीट्जरल्यान्डसँग खेल्नेछ।

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्