Kathmandu Press

वेल्समाथि इरानको सनसनीपूर्ण जित

समूहको दोस्रो चरणको खेलमा इरानले बेल्समाथि इन्जुरी समयमा गोल गर्दैै २–०को सनसनीपूर्ण जित निकाल्यो । यो जितसँगै इरानको नकआउट चरण पुग्ने सम्भावना जीवितै बनेको छ।
वेल्समाथि इरानको सनसनीपूर्ण जित

काठमाडाैं, मंसिर ९ : कतारमा जारी विश्वकपमा एसियन टिमको सनसनीपूर्ण प्रदर्शन गरेका छन्। साउदी अरेबिया, जापन र दक्षिण कोरियापछि इरानले सनसनीपूर्ण प्रदर्शन गरेको छ।

समूहको दोस्रो चरणको खेलमा इरानले बेल्समाथि इन्जुरी समयमा गोल गर्दैै २–०को सनसनीपूर्ण जित निकाल्यो । यो जितसँगै इरानको नकआउट चरण पुग्ने सम्भावना जीवितै बनेको छ। यता वेल्स भने समूह चरणबाटै बाहिरिने खतरा बनेको छ।

समूह एको अन्तिम खेलका इरानले अमेरिका र वेल्सले इंग्ल्यान्डसँग खेल्नेछन्।

अहमत बिन अली स्टेडियममा शुक्रबार भएको खेलमा इरानलाई जित दिलाउन रुजेब चेस्मी र रमिन रेजाइनले गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेल गोलरहित बराबरीतर्फ उन्मूख थियो । तर, इन्जुरी समयमा इरान खेलमा फर्कियो । इन्जुरी समयको आठौं मिनेटमा चेस्मी र ११औं मिनेटमा रेजाइनले गोल गर्दै टिमलाई जित दिलाए।

त्यसपछि ८६औं १० खेलाडीमा समेटिएपछि बेल्स दबाबमा परेको थियो। उसका गोलकिपर वायन हेर्नेनीले रातो कार्ड पाएका थिए। तर, खेलमा इराज जितको हकदार थियो। वेल्समाथि लगातार दबाब बनाएको थियो ।

बल पोजेसनमा पछि परेपछि इरानले वेल्सको पोस्टमा २० सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, वेल्सले १० सट प्रहार गर्दा ३ सट फ्रेममा थियो ।

वेल्स प्रतियोगितामा गरी ७ खेलमा जितबिहीन छ। यता, इरानले यअसघिका विश्वकपमा भन्दा कतार विश्वकपका २ गोलमा बढी गोल गरेको छ। इरानले २ खेलमा ४ गोल गरिसकेको छ।

 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्