कास्की–१ मा एमालेका मनबहादुर गुरुङ विजयी

काठमाडौं, मंसिर ९ : प्रतिनिधि सभातर्फ कास्की–१ मा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गुरूङले सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।
एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।
प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











