Kathmandu Press

डोल्पाको प्रदेशसभा (२) मा माओवादीका शाही निर्वाचित

डोल्पाको प्रदेशसभा (२) मा माओवादीका शाही निर्वाचित

डोल्पा, मंसिर ९ : डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्। 

शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित हुनुभएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए। उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् । 

शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । डोल्पा प्रदेश (१) मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाल कांगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याएका थिए। 

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्