Kathmandu Press

विश्वकप फुटबलमा पोर्चुगलको विजयी सुरुवात, घाना पराजीत 

 स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे ।
विश्वकप फुटबलमा पोर्चुगलको विजयी सुरुवात, घाना पराजीत 

काठमाडौं, मंसिर ९ : विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।  बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो ।

 स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे ।

घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे ।  जितसँगै पोर्चुगलले ३ अंक जोड्यो । यता घानाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्