इम्बोलोको गोलमा स्वीट्जरल्यान्डको जित

काठमाडौं, मंसिर ६ : कतार विश्वकपमा स्वीट्जरल्यान्डले विजयी सुरुआत गरेको छ। बिहीबार भएको पहिलो खेलमा स्वीट्जरल्यान्डले अफ्रिकी मुलुक क्यामरुनविरुद्ध १–०को जित निकाल्यो।
स्वीट्जरल्यान्डलाई सुखद् सुरुआत दिलाउन बरिल इम्बोलोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै स्वीट्जुल्यान्डले अग्रता लियो।
४८औं मिनेटमा इम्बोलोले डिबक्सभित्रबाट गोल गरेका थिए। उनले जद्रान साकिरीको पासलाई सदुपयोग गरे। त्यसपछि गोल नहुँदा स्वीट्जरल्यान्ड विजयी भयो।
खेलमा ५१ प्रतिशत बल पोजेसन बनाउँदै ७ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, क्यामरुनले ८ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो।
योसँग स्वीट्जरल्यान्डले सन् १९६६पछि विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई कायमै राखेको छ। उसले त्यसपछिका ६ विश्वकपमा पहिलो खेलमा ३ जित र जित बरारबी खेलेको थियो।











