Kathmandu Press

विश्वकपमा मेसी र रोनाल्डो : को कति सफल ? (भिडियाे)

फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी रोनाल्डो र मेसीले करिअरमा सबै उपलब्धि हासिल गरेका छन्, विश्वकप उपाधि बाहेक ।

काठमाडौं, मंसिर ८ : विश्वकप फुटबलको २२औं संस्करण अहिले कतारमा जारी छ । अहिले समूह चरणका पहिलो राउण्डका खेल भइरहेका छन्। 

समूह चरणमा केही ठूला टिमले अप्रत्यासित नतिजाको सामना गर्नु परेको छ। जसमा अर्जेन्टिना र जर्मनी छन्। अर्जेन्टिना साउदी अरेबिया र जर्मनी जापानसँग समान २–१ले पराजित भए।

आज हुने ४ खेलसँगै समूहका पहिलो चरणका खेल सकिने छ। भोलिबाट दोस्रो चरणको खेल सुरु हुनेछ। 

कतार विश्वकपका सबैभन्दा ठूला स्टार हुन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोजन मेसी । कतारमा यी दुई मैदान भित्र र बाहिर दुवै ठाउँमा चर्चामा हुनेछन् । र, फुटबलप्रेमी सबैभन्दा धेरै खेज्ने र चर्चा गर्ने पात्र पनि यी दुई नै हुनेछन् । 

करिअरको उत्तरार्धमा आइपुगेका रोनाल्डो र मेसीले ५ औं पटक विश्वकप खेलिरहेका छन्। फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी रोनाल्डो र मेसीले करिअरमा सबै उपलब्धि हासिल गरेका छन्, विश्वकप उपाधि बाहेक ।

यी दुईले त्यही एउटा उपलब्धिका लागि सम्भवतः अन्तिम पटक कतारमा प्रयास गर्ने छन्, टिम लिडरका रुपमा ।

अहिले फुटबल समर्थकन दुई खेमामा विभाजित छन्। एकथरी रोनाल्डोलाई सर्वोत्कृष्ट खेलाडी मान्छ भने अर्को पक्ष मेसीलाई । यही प्रतिस्पर्धाले पनि रोनाल्डो र मेसीलाई सधैं राम्रो प्रदर्शन गर्न प्रेरित गरेको छ। 

मैदानमा उनीहरुको प्रदर्शन र प्राप्त उपलब्धिले रोनाल्डो र मेसी दुवै महान खेलाडी हुन् भन्नेमा कसैको दुई मत छैन ।

Ronaldo vs messi1669268088.jpg

क्लब फुटबलमा सबै उपलब्धि र सफलता हाँसिल गरेका यी दुईले फुटबलको महाकुम्भ विश्वकपमा भने त्यो उपलब्धि भेट्टाउन सकेका छैन् । पाचौं विश्वकप खेल्ने तयारीमा रहेका रोनाल्डो र मेसी दुवै अहिलेसम्म विश्वकपको नकआट चरणमा गोल गर्न असफल छन्। 

विश्वकपमा रोनाल्डो

३७ वर्षीय रोनाल्डोको यो सम्भवतः अन्तिम विश्वकप हो । २०२६को विश्वकपमा ४१ वर्ष पुग्ने भएकाले उनले छैठौं विश्वकप खेल्ने सम्भावन छैन भन्दा पनि हुन्छ।

सन् २००६ जर्मनीबाट विश्वकप यात्रा सुरु गरेका उनले १७ खेल खेल्दै १ ह्याट्रिकसहित ७ गोल गरेका छन्। ५ पटकका बालोन डे’ओर विजेता रोनाल्डोले जर्मनीमा इरानविरुद्ध विश्वकपको पहिलो गोल गरेका थिए। समूहको पहिलो खेलमा एंगोलाविरुद्ध डेब्यू गरेका उनले इरानविरुद्ध ८०औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। सो खेलमा पोर्चुगल २–०ले विजयी भएको थियो।

मेक्सिको विरुद्धको समूहको अन्तिम खेल र प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नखेलेका उनले क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध गोल गरेका थिए। उनले इंग्ल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा अन्तिममा गोल गर्दै टिमलाई सेमिफाइलन पु¥याएका थिए।

दक्षिण अफ्रिकाम भएको २०१० को विश्वकपमा पोर्चुगलले रोनाल्डोलाई ७ नम्बरको जर्सी दिँदै कप्तानको समेत जिम्मेवारी दिएको थियो। तर, उनका लागि यो विश्वकप सम्झना लायक हुन सकेन । उनले समूह चरणमा उत्तर कोरियाविरुद्ध प्राप्त ७–०को जितमा १ गोल गरे । उनको टिम अन्तिम १६ भन्दा अगाडि बढ्न सकेन ।

Portugal Ties Spain 3-3 on Ronaldo Hat Trick; France Plays Next - Bloomberg

२०१४ को विश्वकप पनि रोनाल्डोका लागि फलदायी रहन सकेन्। प्लेअफबाट विशवकपमा छनोट भएको पोर्चुगल समूह चरणमै रोकियो । प्लेअफमा स्वीडेनविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललाई ब्राजिल पु¥याएका रोनाल्डोले त्यहाँ १ गोलमात्र गर्न सकेन । उनले समूह चरणको अन्तिम खेलमा घानाविरुद्ध गोल गरेका थिए।

सन् २०१८को रुस विश्वकप पोर्चुगलका ठीकठाक मात्र भएपनि रोनाल्डोका लागि भने खास भायो। यो विश्वकपमा उनले ह्याट्रिकसहित ४ गोल गरे। रोनाल्डोले विश्वकपको उद्घाटन खेलमै स्पेनविरुद्ध सनसनपूर्ण ह्याट्रिक गरे। योसँगै उनी विश्वकपमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने। खेल ३–३ को बराबरीमा सकिएको थियो। समूहको दोस्रो खेलमा मोरक्कोविरुद्ध गोल गरेका उनले अन्तिम खेलमा इरानविरुद्ध भने पेनाल्टी मिस गरेका थिए। 

अन्तर्राष्ट्रिय फुटबलमा सार्वधिक गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले क्लब फुबटलमा ८०० बढी गोल गरेका छन् । कतार विश्वकपको समूह जीमा पोर्चुगल घानाविरुद्ध गर्ने प्रतियोगिताको सुरुआत गर्ने छ। यो विश्वकपमा गोल गर्न सकेन रोनाल्डोले विश्वकपका ५ संस्करणमा गोल गर्ने नयाँ कीर्तिमान बनाउने छन्।

विश्वकपमा मेसी 

क्लब र देशको सिनियर टिमबाट ७५० गोल गरेका मेसी पाचौं विश्वकपको मैदानमा छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा टिमलाई फाइलनसम्म पु¥याए पनि उनको प्रदर्शन क्लब फुटबलमा जस्तो दमदार हुन सकेको छैन।

यसअघि मेसीले पनि सन् २००६, २०१०, २०१४ र २०१८मा विश्वकप खेलेका थिए। त्यसमा १९ खेल खेलेका मेसीले ६ गोल र ५ असिस्ट गरेका छन् । 

पाचौँ विश्वकप खेलिरहेका मेसीले पहिलो खेलमै साउदी अरेबियाविरुद्ध गोल गरे । उनले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । तर, मेसीको गोलका बाबजुद अर्जेन्टिनाले  अप्रत्यासि हार ब्यहोर्न पुग्या । साउदी अरबसँग २–१ गोलले पराजित खेलमा मेसी बाहेकले खासै प्रभाव जमाउन सकेनन्।

१८ वर्षको उमेरमा सर्बिया एन्ड मन्टेनेग्रोविरुद्ध खेल्दै विश्वकपमा डेब्यू गरेका मेसीले सोही डेब्यू खेलमै गोल पनि गरे। उनले मैदान प्रवेशको गरेको तीन मिनेटमै असिस्ट गरेका उनले ८८औं मिनेटमा कार्लोस टेभेजको पासमा डेब्यू गोल गरेका थिए। योसँगै उनी विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने कान्छा खेलाडी पनि बने । 

सन् २००८मा बेजिइङ ओलम्पिको स्वर्ण जितेका मेसीले सन् २०१०मा दक्षिणमा भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अर्जेन्टिना क्वार्टरफाइनलसम्म पुगेपनि मेसीले अन्तिम १६ मा एउटा असिस्टबाहेक केही गर्न सकेनन्।

२०१४ को ब्राजिल विश्वकप भने मेसीका व्यक्तिगत भन्दा टिमका रुपमा विशेष रह्यो । आफ्नो नेतृत्वमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याए पनि मेसीले उपाधि भने जित्न सकेनन् ।

messi1669268637.jpg

समूह चणमा नाइजेरियाविरुद्ध प्राप्त ३–२को जितमा मेसी २ गोल गरे । टिम उपविजेता बने पनि मेसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने। 

रसिया विश्वकपमा पनि मेसीको आफ्नो जादु देखाउन असफल भए। रसियामा १ गोल मात्र गर्न सकेका मेसीले निर्णायक खेलमा पेनाल्टीमा चुके । समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टी मिस गरेपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतार बढेको थियो । तर, समूहको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को जित दिलाउन मेसीले निर्णायक गोल गरे । र, उनको टिम दोस्रो हुँदै अन्तिम १६ पुग्यो ।  

क्लब फुटबलमा जस्तै विश्वकपमा आफ्नो छवि स्थापित गर्न मेसीका लागि यो अन्तिम अवसर हुने छ । किनेभने मेसीले आफ्ना लागि यो अन्तिम विश्वकप हुने बताइसकेका छन्।


 

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्