विश्वकप फुटबलमा स्पेनको विजयी सुरुवात, कोस्टारिका ७–० ले स्तब्ध
बिहीबार राति भएको समूह ई को खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो ।
काठमाडौं, मंसिर ८ : स्पेनले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ ।
बिहीबार राति भएको समूह ई को खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो ।
स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल गरे ।
विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत निकाल्दा कोस्टारिकाको सबैभन्दा ठूलो हार व्यहोरोको छ ।
प्रकाशित मिति: ०८:०३ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











