क्रोएसिया मोरोक्कोसँग रोकियो
प्रतिस्पर्धात्मक बनेको खेलमा क्रोएसियाले थुप्रै राम्रा अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन। उसका दुई उत्कृष्ट प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले रोकेका थिए।
काठमाडाैं, मंसिर ७ : गत विश्वकपको उपविजेता क्रोएसियाले कतारमा सुखद् सुरुआत गर्न सकेन । बुधबार कतारमा भएको २२औं संस्करणको विश्वकपको पहिलो खेलमा क्रोएसिया निराशाजनक रुपमा मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकियो।
प्रतिस्पर्धात्मक बनेको खेलमा क्रोएसियाले थुप्रै राम्रा अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन। उसका दुई उत्कृष्ट प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले रोकेका थिए।
अल बायत स्टेडियममा भएको खेलमा क्रोएसियाले ६४ प्रतिशत बल पोसेसन राखेको थियो । उसले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो भने मोरक्कोले ८ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।
क्रोएसियाले सन् २००६ पछि पहिलो पटक विश्वकपमा गोल गर्न असफल भएको हो । त्यो बेला उ जापानसँग गोर्न असफल भएको थियो।
मोरक्को आफूले विश्वकपमा खेलेका मध्ये ५३ प्रतिशत खेलमा गोल गर्न असफल भएको छ। यो विश्वकप १० भन्दा बढी म्याच खेलेको टिमको धेरैले खेलमा गोल गर्न नसकेको रेकर्ड हो । उ १७ खेलमा ९ खेलमा गोल गर्न असफल छ।
यता, जारी विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो । यसअघि डेनमार्क र ट्युनिसिया तथा पोल्याण्ड र मेक्सिकोले पनि गोलरहित बराबरी खेलेका थिए।











