Kathmandu Press

भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच ८ बुँदे सम्झौता

काठमाडौं, पुस ४ : नेपाल भ्रमण वर्ष सचिवालय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टर्किस एयरलाइन्सबीच आठ बुँदे सम्झौता भएको छ।

भ्रमण वर्ष सच....

भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच ८ बुँदे सम्झौता

काठमाडौं, पुस ४ : नेपाल भ्रमण वर्ष सचिवालय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टर्किस एयरलाइन्सबीच आठ बुँदे सम्झौता भएको छ।

भ्रमण वर्ष सचिवालयमा आयोजित कार्यक्रममा शुक्रबार भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य र टर्किस एयरलाइनसका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केचेचीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। भ्रमण वर्ष – २०२० लाई लक्षित गरेर टर्किस एयरलाइन्ससँग सम्झौता गरिएको संयोजक वैद्यले जानकारी दिए।

टर्किस युरोपियन मुलुकबाट नेपालमा सिधा उडान गर्ने एक मात्र वायुसेवा कम्पनी हो। सम्झौताले अन्य विभिन्न देशबाट आउने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास संयोजक वैद्यको छ।

टर्किस एयरलाइन्सले युरोपमा आयोजित विभिन्न कार्यक्रम तथा आफ्ना मातहतका कार्यालयहरुमा नेपालको पर्यटन प्रवद्र्धन गरिने कन्ट्री म्यानेजर केचेचीले जानकारी दिए। ‘नेपाल आफैँमा पर्यटकीय हिसाबले अगाडि रहेको मुलुक हो। हाम्रो उद्देश्य नेपालमा पर्यटन प्रवद्र्धन गर्नु नै हो,’ सम्झौतापछि उनले भने।

८ बुँदे सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रुपमा टर्किस एयरलाइन्स रहने, युके, युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गर्ने, अमेरिका तथा युरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रुपमा प्रचार प्रसार गरिने, नेपाल भ्रमण वर्षको रिपोर्टिङ गर्न आउने निश्चित विदेशी पत्रकारहरुका लागि हवाइ भाडा ब्यहोरिदिने उल्लेख छ।
 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, पुस ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्