लेवान्डोस्की पेनाल्टीमा चुक्दा रोकियो पोल्यान्ड
पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेपछि फाइदा भने अर्जेन्टिनालाई भएको छ। यो खेलमा स्पष्ट नतिजा आएको भए पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनालाई समूह चरण पार गर्न कठीन हुने थियो।
काठमाडाैं, मंसिर ७ : कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्यान्डले विश्वकपको पहिलो खेलमा बराबरी खेलेको छ। मंगलबार राति भएको पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै खंक बाँडेको हो।
पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेपछि फाइदा भने अर्जेन्टिनालाई भएको छ। यो खेलमा स्पष्ट नतिजा आएको भए पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनालाई समूह चरण पार गर्न कठीन हुने थियो।
दोस्रो हाफमा पोल्याण्डले अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मेक्सिकोका हेक्टर हेरेराले लेवान्डोस्कीलाई फउल गरेपछि भिएआरको सहयोगमा पोल्याण्डले पेनाल्टी पाएको थियो ।
यसमा लेवान्डोस्की चुके भने मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाओ नायक बने । लेवान्डोस्कीको प्रहार ओचाअले डाइभ गर्दै शानदार बचाउ गरे। विश्वकपमा ओचाओले तेस्रो पेनाल्टी सेभ गरेका हुन्।