साविक विजेता फ्रान्सको विजयी सुरुवात
दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे ।
काठमाडौं, मंसिर ७ : साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे ।
एड्रिन राबिओट र केलियन एमबाप्पेले एक-एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल फर्काए । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा अस्ट्रेलियाले हार बेहोरेको हो ।
खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: ०८:०० बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार