Kathmandu Press

अर्जेन्टिनालाई हराएको खुसियालीमा साउदीले दियो एक दिने सार्वजनिक बिदा

साउदीले मंगलबार विश्वकपमा समूह ‘सी’ को खेलमा अर्जेन्टिनाविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो । साउदीले विश्वकपमा पहिलोपटक अर्जेन्टिनाविरुद्ध जित निकालेको हो ।
अर्जेन्टिनालाई हराएको खुसियालीमा साउदीले दियो एक दिने सार्वजनिक बिदा

काठमाडौं, मंसिर ७ : कतारमा जारी विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउदले खुसियाली मनाउन एकदिने सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

साउदीले मंगलबार विश्वकपमा समूह ‘सी’ को खेलमा अर्जेन्टिनाविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो । साउदीले विश्वकपमा पहिलोपटक अर्जेन्टिनाविरुद्ध जित निकालेको हो ।

खेलमा साउदीले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को जित दर्ता गरेको थियो ।

“बुधबार सबै क्षेत्रका पुरुष, महिला कामदार, शैक्षिक क्षेत्रका विद्यार्थी र सबै निजी क्षेत्रमा भोलि सार्वजनिक बिदाका लागि निर्देशन जारी गरिएको छ,” साउदीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ ।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्