Kathmandu Press

विश्वकप २०२२ : साउदीसँग अर्जेन्टिनाकाे अप्रत्यासित हार

साउदी १९९० पछि अर्जेन्टिनालाई विश्वकपमा हराउने युरोप बाहेकको पहिलो टिम बन्यो। विश्वकपमा अर्जेन्टिना १३ खेलसम्म युरोपबाहेकका टिमसँग अपराजित थियो ।
विश्वकप २०२२ : साउदीसँग अर्जेन्टिनाकाे अप्रत्यासित हार

काठमाडाैं, मंसिर ६ : उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले कतार विश्वकपमा खराब सुरुआत गरेको छ। विश्वकपअन्तर्गत मंगलबार भएको पहिलो खेलमा अर्जेन्टिना साउदी अबेरियासँग २–१ले पराजित भयो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले १ गोलले पछि परेको अवस्था उल्टाउँदै बलियो अर्जेन्टिनामाथि जित निकाल्यो। विश्वकपमा साउदीको सबैभन्दा ठूलो जित हो। साउदी १९९० पछि अर्जेन्टिनालाई विश्वकपमा हराउने युरोप बाहेकको पहिलो टिम बन्यो।

विश्वकपमा अर्जेन्टिना १३ खेलसम्म युरोपबाहेकका टिमसँग अपराजित थियो । यता, खेलको पहिले अग्रता लिएर अर्जेन्टिना सन् १९५८ पछि पहिलो पटक पराजित भएको हो।

साउदीसँगकाे याे हारसँगै अर्जेन्टिनाकाे ३६ खेल लामाे अपराजित यात्रामा पनि पूर्णविराम लागेकाे छ।

१०औं मिनेटमा मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लियो। उनले पेनाल्टीमा गोल गरेका थिए । पहिलो हाफ पूर्णरुपम नियन्त्रणमा लिएपछि अर्जेन्टिनाले थप गोल गर्न सकेन्।

दोस्रो हाफमा भने साउदीले उत्कृष्ट खेल पस्कियो । उसका सालेह अलहेरीले ४८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा लिए।

त्यसपछि सलिम अलदावरीले ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा साउदी विजयी भयो।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्