फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी
अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १/१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो ।
काठमाडौं, मंसिर ६ : कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् ।
अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १/१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो ।
खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १/१ गोलको बराबरीमा ल्याए ।
अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् ।
यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले सोमबार समूह ‘ए’मा अफ्रिकन टोली सेनेगलमाथि २–० को कठिन जित निकालेको छ । समूह ‘ए’ महत्वपूर्ण तीन अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।