Kathmandu Press

विश्वकप २०२२ : इंग्ल्यान्डको सानदार सुरुआत, इरान ६–२ले पराजित

गेराथ साउथगेटको टिमका लागि युवा खेलाडी बुकायो साकाले २ गोल गरे भने जुडे बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कस रास्फोर्ड र ज्याक ग्रेलिसले गोल गरे। यता, इरानका लागि दुवै गोल मेहदी टेरेमीले गरे।
विश्वकप २०२२ : इंग्ल्यान्डको सानदार सुरुआत, इरान ६–२ले पराजित

काठमाडाैं, मंसिर ५ : कतार विश्वकपमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ। सोमबार खलिफा इन्टरनेशनल स्टेडिममा भएको खेलमा इंग्ल्यान्डले इरानमाथि ६–२को सानदरा जित निकाल्यो।

गेराथ साउथगेटको टिमका लागि युवा खेलाडी बुकायो साकाले २ गोल गरे भने जुडे बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कस रास्फोर्ड र ज्याक ग्रेलिसले गोल गरे। यता, इरानका लागि दुवै गोल मेहदी टेरेमीले गरे।

३५औं मिनेटमा बेलिङ्घमको गोलमा इंग्ल्यान्डले सुरुआती अग्रता लियो । १९ वर्षीय बेलिङ्घमको यो राष्ट्रिष् टिमका लागि पहिलो गोल हो। ४३ औं मिनेटमा साकाले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए।

इन्जरी समयको पहिलो टिममा ह्यारी केनको पासमा स्टर्लिङले गोल गरेपछि इंग्ल्याान्डले पहिलो हाफमा ३ गोलको अग्रता लियो । पहिलो हाफमा ३ गोल भएको खेलमा दोस्रो हाफमा थप ५ गोल भएको थियो।

६२औं मिनेटमा साकाले इंग्ल्यान्डका लागि चौथो गोल गरे। ६५औं मिनेटमा टेरेमीले गोल गर्दै इरानको अग्रता कम गरे। तर, ७१औं मिनेटमा रास्फोर्डले टिमलाई ५–१को अग्रता दिलाए। रास्फोर्ड मैदान प्रवेश गरेको पहिलो टचमै गोल गरेका थिए।

८९औं मिनेटमा ज्याक ग्रेलिसले काउन्टरमा गोल गर्दैै इंग्ल्यान्डलाई ६–१को अवस्थामा ल्याए । इन्जुरी समयको १३औं मिनेटमा टेरेमीले पेनाल्टीमा गोल गरेपछि त्यो टिमको हार टार्न पर्याप्त भएन।

आज गोल गर्दै सबै ६ जनाले विश्वकपमा गोलको खाता पनि खोलेका छन्।

अब इंग्ल्यान्डले अर्को खेलमा नोभेम्बर २६मा अमेरिकाको सामाना गर्ने छ भने सोही दिन इरानले वेल्ससँग खेल्ने छ।

विश्वकप अन्तर्गत आजै सेनेगल र नेदरल्यान्डस तथा वेल्स र अमेरिका पनि भिड्ने छन्।

प्रकाशित मिति: २१:२४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्