Kathmandu Press

डिपिएलमा दर्शकले जिते १० हजार

धनगढी, माघ २९ : धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो दिन दर्शकले पनि पुरस्कार जितेका छन् ।

मंगलबार धनगढी र अत्तरियाबीचको खेलमा बाउन्ड्री बाह....

डिपिएलमा दर्शकले जिते १० हजार
काठमाडौं प्रेस

धनगढी, माघ २९ : धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो दिन दर्शकले पनि पुरस्कार जितेका छन् ।

मंगलबार धनगढी र अत्तरियाबीचको खेलमा बाउन्ड्री बाहिर बल समातेका आयुष्मान बमले पुरस्कार पाएका हुन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

Hardik ivf

खेलको अन्तिम ओभरमा अत्तरियाका राजु रिजालले हानेको बल आयुष्मान बसेको ठाउँमा पुगेको थियो । उनले कुनै गल्ती नगरि क्याच गरे ।

डिपिएलमा छक्का प्रहार गर्दा क्याच गर्ने दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको निर्देशक सुवाश शाहीले बताए ।

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, माघ २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्